शनिबार, कार्तिक ८ गते २०८३

चोर्का सङ्ले साधु चोरै हुन्याहो / सत्का सङ्ले चोर साधू हुन्याहो : सुब्बा देवीप्रसाद सापकोटा


मंसिर २६, २०८२ शुक्रबार
चोर्का सङ्ले साधु चोरै हुन्याहो / सत्का सङ्ले चोर साधू हुन्याहो  :  सुब्बा देवीप्रसाद सापकोटा
चोर्का सङ्ले साधु चोरै हुन्याहो / सत्का सङ्ले चोर साधू हुन्याहो / भंन्याजानी सन्तको सङ्गगर्नु / पापी जन्का साथ कैल्यै नपर्नु.... : सुब्बा देवीप्रसाद सापकोटा
काभ्रेमा मित्र हरि मञ्जुश्री र शब्दयात्रा प्रकाशनले २०६८ देखि उहाँको सम्मानमा अक्षयकोषको स्थापना गरी आमसञ्चारका सञ्चारकर्मीहरूको सम्मान, बनेपा–६ मा अर्धकदको शालिक स्थापना, मञ्जुश्रीकै सम्पादनमा स्मृतिग्रन्थ प्रकाशित गर्ने कामहरू भएका छन् । तर सरकार र नेपाली काँग्रेस भने हुलाक टिकट प्रकाशित गर्ने, विकासका कार्यलाई स्मारकको रुपमा नामकरण गर्ने, उहाँको व्यक्तित्व र योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिने जिम्मेवारी र दायित्वबाट बिल्कुल अलग रहेको उदेकलाग्दो अवस्था छ ।
 
तर सुब्बा साहेबले ‘नेपाल र भोट (तिब्बत) को थापाथली सन्धीअनुसार भोटसँग युद्धका लागि अँग्रेजहरूलाई सहायता गर्न नेपालको भूमी र सैनिक सहायता उपलब्ध गराउन मिल्दैन’ भन्ने अडान लिनुभयो। चन्द्र शम्शेर खुब रिसाए, आफूले भनेअनुरुप काम गर्न दबाब दिए । सुब्बा साहेबलाई दबाबमा काम गर्न मन लागेन । उहाँ स्वभावमा सत्यवादी र अलिक खरो टाईपकै मान्छे हुनुहुँदोरहेछ । चन्द्र शम्शेर उहाँलाई कडा कारवाही गर्ने तहमा पुगे, तर उहाँले आत्मसमर्पण गरी अह्राएको मानेर बस्ने दास हुन चाहनु भएन । चन्द्र शम्शेरले उहाँविरूद्ध राज्य विरुद्धको अभियोग लगाएर सर्वश्वहरण गरे । यहाँसम्म कि छोरीलाई दाईजो दिएको चल–अचल पनि भेटेजति सबै सम्पत्ती हरणमा पर्यो र त्यो सम्पत्ती मुन्सीखानाका मीरसुब्बा र सरदारहरूले बकस पाए ।
Deviprasasubba.jpg
वि.स. १९६१ मा सुब्बासाहेब भारत निर्वासनका लागि बनारस पुग्नुभयो । राणा शासन समाप्त नपारी म नेपाल फर्किन्न भनी दृढ अठोट लिएर उहाँ बनारसमै निर्वासित हुनुभयो । त्यसपछि उहाँकी पत्नीसमेत बनारसतिरै धपाईनु भयो । त्यसैगरी नेपालबाट धपाईएका बीपीका पिताजी कृष्णप्रसाद कोईराला, कवि धरणिधर कोईरालाहरू मिलेर बनारसबाट 'गोर्खाली' पत्रिका प्रकाशित गर्न थाल्नुभयो । तर ब्रिटिश शासनले त्यसलाई बन्द गरायो ।
निर्वासित जीवनमै उहाँले ‘सावित्री चरित्र’ नामक खण्डकाब्य वि.स.१९७४ मा लेख्नुभयो (फोटो), जसलाई पहिलो प्रकाशनको एकसय वर्षपछि शब्दयात्रा प्रकाशनले पुनःमुद्रण र प्रकाशन गरेको छ । यसमा चन्द्र शम्शेरको बेइमानी, छलकपट र अत्याचारलाई घुमाउरो किसिमले प्रहार गरिएको छ । माथि उल्लेखित काब्यांश सोही खण्डकाब्यको पृष्ठ ४१ मा उल्लेखित छ । २०११ साल आश्विन २२ गते दशैंकै बीच उहाँको निधन भयो ।
--------------------------
(मूख्य स्रोत : श्री हरि मञ्जुश्री, बनेपा)