आइतबार, आश्विन १८ गते २०८३

एनएमबि बैंकले ल्यायाे ‘इन्स्टा बाइ’, सहज डिजिटल सेवा पाइने


मंसिर २५, २०८२ बिहीबार
एनएमबि बैंकले ल्यायाे ‘इन्स्टा बाइ’, सहज डिजिटल सेवा पाइने

 

एनएमबि बैंकले आफ्नो क्रेडिट कार्ड सेवालाई थप डिजिटल, द्रुत र ग्राहकमैत्री बनाउने उद्देश्यसहित ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो नयाँ सुविधामार्फत बैंकका क्रेडिट कार्डधारकहरूले रु. ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्म सहज किस्ताबन्दी(इएमआइ)मा रूपान्तरण गर्न सक्नेछन्।

ग्राहकले आफ्नो खरिद बिल तथा पीओएस  स्लिप खरिद भएको १० दिनभित्र इएनएमबी एप वा बैंकको वेबसाइटमा उपलब्ध इन्स्टा बाइ पोर्टल मार्फत अनलाइन अपलोड गरेर इएमाइ सुविधा लिन सक्नेछन्। यस प्रक्रियामा शाखा धाउनुपर्ने आवश्यकता नपर्ने भएकाले सेवा अझ प्रभावकारी र समयमैत्री भएको बैंकको भनाइ छ।

‘इन्स्टा बाइ’ मार्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली, चाडपर्व खर्च लगायतका विभिन्न भुक्तानीहरूलाई न्युनतम शुल्क तथा ब्याजदरमा सहज रूपमा व्यवस्थित गर्न सकिनेछ। इएमआइ भुक्तान अग्रिम रूपमा तिर्न चाहेमा कुनै जरिवाना नलाग्ने व्यवस्था पनि गरिएको छ। एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।