आइतबार, आश्विन १८ गते २०८३

महालक्ष्मी विकास बैंकलाई ‘नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ अवार्ड


मंसिर २२, २०८२ सोमबार
महालक्ष्मी विकास बैंकलाई ‘नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ अवार्ड

महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित ‘इण्डिया बिजनेस अवार्ड्स २०२५’ कार्यक्रममा ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज सेवा प्रदान गर्दै आएको भन्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

बैंकका वरिष्ठ अधिकृतहरूले कार्यक्रममा सहभागिता जनाउँदै सम्मान ग्रहण गरेका थिए। बैंकले ब्रान्ड प्रतिष्ठा वृद्धि, ग्राहक विश्वास अभिवृद्धि, सेवामा निरन्तर नवप्रवर्तन, प्रभावकारी नेतृत्व विकास, वृत्ति उन्नयन, मिडिया उपस्थिति तथा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको उत्कृष्ट योगदानका आधारमा यो अवार्ड हासिल गरेको जनाएको छ।

नेपाल–भारत सीमापार भुक्तानी सुविधा विस्तार गर्दै आएको महालक्ष्मी विकास बैंकले यो अवार्डले दुई देशबीचको बैंकिङ सम्बन्ध अझ मजबुत हुने, सीमापार व्यापार तथा रेमिटेन्स प्रवाह प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यसअघि पनि बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थिति र ख्याति बढाउन महत्वपूर्ण भूमिका खेलेको बैंकको दाबी छ।