ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोन पे नेटवर्कमार्फत् रकमान्तर गर्दा आइफोन–१७ जित्न सकिने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन–१७ प्रदान गर्नेछ । साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोन पे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुब इएर–बड जित्ने समेत अवसर रहेको छ ।
मंसिर १५ देखि पौष २५ सम्म लागू रहने उक्त योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोन पे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता