आइतबार, आश्विन १८ गते २०८३

सालपा विकास बैंकको आइपीओ आउँदै, मुक्तिनाथ क्यापिटल विक्री प्रबन्धक


मंसिर १६, २०८२ मंगलबार
सालपा विकास बैंकको आइपीओ आउँदै, मुक्तिनाथ क्यापिटल विक्री प्रबन्धक

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ बिक्री सुरु हुनेछ।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतका दरले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्न लागेको हो। जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका तथा श्रम स्वीकृति प्राप्त नेपालीहरूलाई छुट्याइएको छ।

उक्त आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सबै सेयर बिक्री नभएमा आवेदन अवधि पुस १० गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले सम्हाल्नेछ। इच्छुक लगानीकर्ताले सी–आश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था वा मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।