आइतबार, आश्विन १८ गते २०८३

अखिल नेपाल प्रगतिशील किसान संघ कपिलवस्तु गठन

मंसिर १४, २०८२ आइतबार
अखिल नेपाल प्रगतिशील किसान संघ कपिलवस्तु  गठन
कपिलवस्तुमा आयोजित नेकपा–समर्थित किसान भेलाले अखिल नेपाल प्रगतिशील किसान संघ (अनेप्रकिसं) कपिलवस्तुको १३ सदस्यीय समिति गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा देवी दिन यादव, सचिवमा नसिम खान, र कोषाध्यक्षमा वर्षादी यादव सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
 
यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अनेप्रकिसंका संयोजक क. रामदुलार महतोले किसानहरूलाई अनेप्रकिसंको सदस्यता प्रदान गर्दै संघको संगठन विस्तार र किसान आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेकपा केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी कम्युनिष्टहरूसँग एकता वार्ता समितिका संयोजक क. शरण विक्रम मल्ल, सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख क. लक्ष्मण उप्रेती तथा पोलिटब्यूरो सदस्य क. भरत मल्लको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
 
kisan sadasyata.jpg
यो अभियान किसानहरूको हक–अधिकार, संगठन सुदृढीकरण तथा वर्गीय आन्दोलनलाई सबल बनाउनतर्फ उठाइएको एक महत्वपूर्ण र प्रेरणादायी कदमकाे रूपमा स्थानीय किसानहरूले लिएका छन्। त्यस अवसरमा अखिल नेपाल प्रगतिशील किसान संघका केन्द्रिय संयाेजक क. रामदुलार महताेले स्थानीय किसानहरूलाइ सदस्यता पनि प्रदान गरेका थिए ।