" नेपाल कम्युनिस्ट पार्टी,किसान सङ्ग " राष्ट्रिय अभियान कपिलबस्तुको बिजयनगर- ६मा अखिल नेपाल प्रगतिशील किसान संघको जिल्ला भेला सम्पन्न भएको छ।२०८२ मंसिर १३ गते सम्म्पन्न भेलाले देविदिन यादव अध्यक्ष , नसिम खा सचीव र वर्षादी यादव कोषाध्यक्ष रहेको १३ सद्स्य जिल्ला समिती गठन गरयो।
भेला सफलताको शुभकामना दिनेहरुमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा राजनीतिक बार्ता तथा सम्बाद समितिका संयाेजक क.शरणा बिक्रम मल्ल, पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील किसान संघका संयाेजक रामदुलार महताे, सचिवालय सदस्य तथा पार्टीका संगठन बिभागका प्रमुख क. लक्षमण उप्रेती, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कपिलबस्तु जिल्ला कमिटीका अध्यक्ष, क. दिलशाद खान लगायत रहेका थिए ।

" नेपाल कम्युनिस्ट पार्टी,किसान सङ्ग " राष्ट्रिय अभियानकाे शुरूवात कपिलबस्तुको बिजयनगर- ६मा अखिल नेपाल प्रगतिशिल किसान संघको जिल्ला भेलाकाेरूपमा सम्पन्न भएको छ।२०८२ मंसिर १३ गते सम्म्पन्न भेलाले देविदिन यादव अध्यक्ष , नसिम खा सचीव र वर्षादी यादव कोषाध्यक्ष रहेको १३ सदस्यीय जिल्ला समिति गठन गरेकाे छ ।
भेलामा उपस्थ्त किसान नेता कार्यकर्ताहरुलाइ किसान सद्स्यता र अपिल वितरण गरिएको थियो । यही २०८२ पौष ११गते १३२औ माओ दिवसका दिन सम्म्पन्न गरिने अखिल नेपाल प्रगतिशील किसान संघको राष्ट्रिय भेलाका लागि अध्यक्ष,सचीव र कोषाध्यक्ष ३ जनालाइ राष्ट्रिय भेलाका लागि प्रतिनिधि पनि निर्वाचित गरियो।

सम्पन्न कार्यक्रमको अध्यक्षता क.दिलसाद अहमद खा,संचालन क.भरत मल्ल र उपस्थिति अतिथि र प्रतिनिधिहरुलाइ शब्दद्वारा स्वागत डा.क.पशुपति चौधरीले गर्नु भएको थियो।यसरी सफलताका साथ किसान भेला सम्पन्न भएकाे छ ।
अखिल नेपाल प्रगतिशल बाल संघ
यसै गरी कपिलबस्तुमा अखिल नेपाल प्रगतिशील बाल संघकाे एउटा भेला पनि १३मंसीरमै सम्पन्न भएकाे छ । भेलाले शिव यादबकाे संयाेजकत्वमा ९ सदस्यीय बाल समिति पनि गठन गरिएकाे समाचार प्राप्त भएकाे छ ।

भेलाले बाल शिक्षा, स्वास्थ्य, खेलकूद लगायतका बिषायमा ध्यान दिने र देशप्रेमी, इमानदार र अनुशासिशत तथा सभ्य बाल
बालिकाकाे निर्माण गर्ने र त्याे क्षेत्रका अग्रज बालबािलकालहरूलायर् प्राेत्साहित बाल बालिकाकाे सुरक्षित र सुनिश्चित भबिष्य निर्माणका लागि प्राेत्साहन दिने कुरामा भेलाले जाेड दिएकाे छ ।
नेपालपत्र संवाददाता