आइतबार, आश्विन १८ गते २०८३

आजबाट एक सय रुपैयाँको नयाँ नोट बजारमा


मंसिर ११, २०८२ बिहीबार
आजबाट एक सय रुपैयाँको नयाँ नोट बजारमा

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले सय रुपैयाँको नयाँ नोट आज बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ। नयाँ नोटको रङ र आकार पुरानै राखिएको छ। नोटको बायाँतर्फ सगरमाथाको तस्वीर र दायाँतर्फ लालीगुराँसको पानीछाप छ। 

बीचमा नेपालको नक्सा र अशोक स्तम्भ समावेश गरिएको छ। दृष्टिविहीनले छामेर पहिचान गर्न मिल्ने गरी अशोक स्तम्भसँगै कालो थोप्ला राखिएको छ।
बायाँ अण्डाकारभित्र मायादेवीको सिल्भर मेटालिक चित्र रहेकाे छ। सुरक्षाका लागि २ मिमी चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ जुन सीधा हेर्दा रातो ढल्काएर हेर्दा हरियो रङ देखाउँछ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।