शनिबार, कार्तिक ८ गते २०८३

नेपाल एसबिआई बैंकले शेयर धनीलाई लाभांश दिने


मंसिर ९, २०८२ मंगलबार
नेपाल एसबिआई बैंकले शेयर धनीलाई लाभांश दिने

 नेपाल एसबिआई बैंकले  शेयर धनीलाई लाभांश  दिने भएको छ। हिजो बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।