बुधबार, भाद्र ३ गते २०८३

गरिमा रोड रेसमा धावकको उत्साहपूर्ण सहभागिता


मंसिर ७, २०८२ आइतबार
गरिमा रोड रेसमा धावकको उत्साहपूर्ण सहभागिता

काठमाण्डाै । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित आयोजित ‘गरिमा रोड रेस–२०८२’ उत्साहपूर्वक सम्पन्न भएको छ। बैंकले गत वर्ष प्रारम्भ गरेको रोड रेसको यो दोस्रो संस्करण हो।

खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा पुरुष–महिला समेटिएको प्रतियोगितामा करिब १,००० भन्दा बढी धावकले सहभागिता जनाए। खुलातर्फको १० किमी दौड बालुवाटारस्थित विकास बैंकको प्रस्तावित नयाँ भवनबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका–३ सम्म पुगेको र फेरि सोही मार्ग हुँदै बालुवाटारमै समापन भएको थियो। कर्पोरेट र भेट्रान विधाको ५ किमी दौड समेत बालुवाटारबाट सुरु भई न्यूरो अस्पताल, बाँसबारीमार्ग हुँदै सम्पन्न भएको हो । 

खुला १० किमीमा महिलातर्फ ओलम्पियन सन्तोषी श्रेष्ठले ३४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो भइन्। पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाया २९ मिनेट १२ सेकेन्डको उत्कृष्ट समयसहित विजयी बने। खुलातर्फ पुरुषतर्फ सबै तथा महिलामा चार स्थान नेपाल आर्मीका धावकले जितेर बलियो उपस्थिति जनाए। सबै विधाका विधाका पहिलोदेखि पाँचौँसम्म नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।