काठमाण्डाै, नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैया निक्षेप बोलकबोल आव्हान गरेको छ । बैंकले ८४ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप खिच्न लागेको हो ।
उक्त निक्षेप रकमको साँवा तथा व्याज २०८२ माघ २८ गते एकमुष्ट भुक्तानी गरिने गरिनेछ । राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले भाग लिन पाउने बोलकबोल बहु ब्याजदरमा समेत गर्न सकिनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाले निःशेष भाग जाने अधिकतम रकमसम्म वित्तीय संस्थाहरुले बोलकबोलमा बोली लगाउन पाउनेछन् ।
नेपालपत्र संवाददाता