बुधबार, भाद्र ३ गते २०८३

आयात निर्यात दुवै बढ्यो, विप्रेषण आय उच्च


कार्तिक ३०, २०८२ आइतबार
आयात निर्यात दुवै बढ्यो, विप्रेषण आय उच्च

नेपाल राष्ट्र बैंकले मुलुककाे चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो तीन महिनाको वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । 

जसअनुसार २०८२ असाेज मसान्तसम्ममाः

  • वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।

  • कुल विदेशी विनिमय सञ्चिति रु.२९ खब ७९ अर्ब ८१ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

  • चालु खाता रु.२३७ अर्ब ५९ करोड र शोधनान्तर रु.२६४ अर्ब ३ करोड बचतमा रहेको छ । 

  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोज महिनाको विप्रेषण आप्रवाह रु.२०१ अर्ब २२ करोड रहेको छ । 

  • निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ। 

  • नेपाल सरकारको खर्च रु.३६४ अर्ब ५९ करोड र राजस्व परिचालन रु.२४९ अर्ब ५ करोड रहेको छ । 

  • विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतले बढेको छ । 

  • बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशतले बढेको छ । 

  • बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत रहेको छ । 

  • वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.५० प्रतिशत रहेको छ ।