आइतबार, आश्विन १८ गते २०८३

तरलता व्यवस्थापनः नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैया प्रशोचन गर्दै


कार्तिक ३०, २०८२ आइतबार
तरलता व्यवस्थापनः नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैया प्रशोचन गर्दै


नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज वित्तीय बजारबाट ५० अर्ब रुपैया प्रशोचन गर्ने भएको छ । बैंकले ८४ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप खिच्न लागेको हो । 

उक्त निक्षेप रकमको साँवा तथा व्याज २०८२ माघ २३ गते एकमुष्ट गरिनेछ । राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले भाग लिन पाउने बोलकबोल बहु ब्याजदरमा समेत गर्न सकिनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाले निःशेष भाग जाने अधिकतम रकमसम्म वित्तीय संस्थाहरुले बोलकबोलमा बोली लगाउन पाउनेछन् ।