महदीप पाेखरेल
इजरायलको आक्रमण र नरसंहार बाट थिलोथिलो भएको गाजालाई २ बर्षको निम्ति (?) भनेर अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय फोर्सले जिम्मेवारी लिने प्रस्ताव यु एन मा पेश भएको छ।यस्ले गाजामा संक्रमणकालिन सरकार सरहकै मान्यता प्राप्त गर्ने कुरा प्रस्तावमा उल्लेखित छ।यो पुनर्निर्माण र शान्तिको आवरणमा अमेरिकी कब्जाको रणनीति बाहिर आएको छ,जस्ले प्यालेस्टाइनको स्वतन्त्रता अर्को नयाँ ढंगले कुल्चने प्रयास गर्नेछ।
योजनाका मुख्य बुँदा :-
-अमेरिकी पक्षले सुरक्षा परिषद् (UNSC) मा प्रस्तुत गरेको मसौदा प्रस्तावअनुसार, एक अन्तर्राष्ट्रिय स्थिरता फोर्स (International Stabilization Force / ISF) गठन गरिनेछ — जसले गाजा सीमाना (इजरायल एवं इजिप्टसँग) सुरक्षा सुनिश्चित गर्नेछ।
- उक्त फोर्सलाई लडाकु गुट (जस्तै Hamas) का सैन्य संरचनाहरू (हथियार, सुरङ / टनेल इत्यादि) भंग गर्ने, पुनर्स्थापना (reconstruction) को सुरुवात गर्ने तथा आगामी प्रशासनिक सुधारहरूमा लाग्ने अधिकार दिइएको छ।
-एक अस्थायी प्रशासनिक निकाय, Board of Peace (BoP) को स्थापना प्रस्ताव गरिएको छ — जसले गैजाको पुनर्निर्माण, सहायता वितरण, शासन सुधार तथा वित्तीय कोष (जस्तै World Bank-नेतृत्वमा) को व्यवस्थापन गर्नेछ।
-फोर्स तथा प्रशासनिक निकाय कम्तीमा वर्ष २०२७ डिसेम्बर ३१ सम्म रहन प्रस्ताव गरिएको छ — त्यसपछि पुनर्विचरण वा विस्तार हुन सक्छ।
-मानव सहायता, सीमा पार तथा भित्री गतिशीलता (movement) लगायतका सेवाहरू यस योजनाभित्र समावेश छन् — यसरी गाजाका श्यरणार्थी तथा स्थानीय नागरिकहरूको अवस्थालाई सुधार्ने प्रयास गरिनेछ।
(समाचार श्रोत :- Anadolu Agency (AA) ,Ynet News (Israel)
,The Guardian (UK) , Al Jazeera (Qatar) etc .)
यसरी गुलियो पुडिया भित्र बिष राखेर प्यालेस्टाइनको स्वतन्त्रता र सम्मानलाई सधैंभरीको निम्ति सिध्याउने षड्यन्त्र भैरहेको छ।
साभार -महदीप पाेखरेलकाे मुहारपुस्तिकाबाट
महदीप पाेखरेल