आइतबार, आश्विन १८ गते २०८३

मुक्तिनाथ विकास बैंकको साधारणसभा, १८.२० प्रतिशत लाभांश पारित


कार्तिक १६, २०८२ आइतबार
मुक्तिनाथ विकास बैंकको साधारणसभा, १८.२० प्रतिशत लाभांश पारित

 

मुक्तिनाथ विकास बैंक लिमिटेडले शनिबार पोखरामा आफ्नो १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि बैंकको वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृत लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित) रहनेछ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षको प्रतिवेदन अनुमोदन गर्नुका साथै बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख ८८ हजार ७ सय ६७ रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरेको छ।

सभाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने र पूँजीवृद्धि पश्चात नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन अध्यक्ष मल्लले गरेका थिए। कार्यक्रममा सञ्चालक समिति सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तव्य दिएका थिए भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्था, उपलब्धि तथा भावी रणनीतिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।