नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत वित्तीय बजारबाट आज ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने वित्तीय उपकरण प्रयोग गरी १७५ दिन अवधिका लागि उक्त रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
अनलाइन बिडिङ सिस्टममार्फत हुने निक्षेप संकलनमा इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी आह्वान गरिएको कुल रकमभित्र आवेदन दिन सक्नेछन्। निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ।
नेपालपत्र संवाददाता