काठमाण्डाै, नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद अब खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार उक्त समिति गठनको निर्णय गरेको उहाँको निजी सचिवालयले जनाएको छ। समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा रहेका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख तथा सहसचिव सदस्य सचिव रहनेछन्।
समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।
नयाँ महाप्रबन्धक नियुक्त नहुँदासम्म निगमका वरिष्ठतम् उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको रूपमा जिम्मेवारी वहन गर्ने भएका छन्।
नेपालपत्र संवाददाता