आइतबार, आश्विन १८ गते २०८३

लगातारकाे झरी र पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध


कार्तिक १४, २०८२ शुक्रबार
लगातारकाे झरी र पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

 

अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । 

बिहीबार बिहानदेखि देशका विभिन्न भागमा निरन्तर परेको झरीले मेची राजमार्ग, कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड,  पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएकाछन् ।