शुक्रबार, कार्तिक ७ गते २०८३

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश पारित


कार्तिक १३, २०८२ बिहीबार
एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश पारित


 

 एभरेष्ट बैंकको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको हिजो  बुधबार सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

सभाले सेयरधनीका लागि ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यसैगरी आव २०८२/८३ का लागि जीपी राजबाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।