आइतबार, आश्विन १८ गते २०८३

१७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


कार्तिक १२, २०८२ बुधबार
१७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

 

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले आज (कात्तिक १२ गते) एक सूचना जारी गर्दै ४० अर्ब रुपैया निक्षेप संकलन बोलकबोल आव्हान गरेको छ । 

वित्तीय बजारमा अधिक तरलता भएपछि त्यसलाई व्यवस्थापन गर्न १७५ दिन अवधिको वित्तीय उपकरण राष्ट्र बैंकले जारी गरेको हो । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेपको सावा तथा ब्याज २०८३ बैशाख ९ गते भुक्तानी हुनेछ ।