आइतबार, आश्विन १८ गते २०८३

लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान एक्स्ट्राटेक ओभल


कार्तिक १०, २०८२ सोमबार
लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान एक्स्ट्राटेक ओभल

क्रिकेट क्लब लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ। सम्झौतामा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एक्स्ट्राटेक ओभलका बिनोद कुँवरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान र तयारी केन्द्र हुनेछ। यस अन्तर्गत क्लबले प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प र रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ।

दुवै पक्षले यो साझेदारीले पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकासमा ऐतिहासिक योगदान गर्ने विश्वास व्यक्त गरेका छन्। ओभलमा मुख्य मैदान, नेट, पिच, फ्लडलाइट, मर्मत उपकरण र क्लब हाउस जस्ता सुविधा उपलब्ध हुनेछन्।

यो सम्झौता लुम्बिनी प्रदेशमा दीर्घकालीन क्रिकेट विकास र खेलाडी उत्पादनका लागि महत्वपूर्ण माइलस्टोन हुने अपेक्षा गरिएको छ।