नेपाल राष्ट्र बैंकले बजारमा बढेको तरलता नियन्त्रण गर्न आज आइतबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप संकलन (बोलकबोल) मार्फत उठाउने भएको छ।
राष्ट्र बैंकका अनुसार ४२ दिनका लागि हुने यो निक्षेप संकलनका बोलकबोल अनलाइनमार्फत हुनेछ । रकमकाे सावाँ र ब्याज भुक्तानी मंसिर २१ गते तोकिएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ, भने बढीमा पाँच करोडको गुणकमा रकम प्रस्ताव गर्न सकिनेछ।
नेपालपत्र संवाददाता