आइतबार, आश्विन १८ गते २०८३

कात्तिक महिनाका लागि वाणिज्य बैंकले घटाए ब्याजदर


आश्विन ३१, २०८२ शुक्रबार
कात्तिक महिनाका लागि वाणिज्य बैंकले घटाए ब्याजदर

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा प्रदान गर्ने ब्याजदरमा फेरबदल गर्दै औसत दर घटाएका छन्। असोजको तुलनामा कात्तिकमा ब्याजदर औसत ०.३१ प्रतिशत बिन्दुले घटेको देखिन्छ। नेपालका २० वाणिज्य बैंकमध्ये १९ बैंकले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् ।

असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत रहेकोमा, कात्तिकमा यो घटेर ५.७५ प्रतिशत पुगेको छ। एनआइसी एशिया बैंकले यसपटक सबैभन्दा धेरै ५.७५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ भने हिमालयन बैंकमा सबैभन्दा कम ४ प्रतिशत मात्र पाइने भएको छ। 

रेमिटेन्स खातामा भने बैंकहरूले व्यक्तिगत मुद्दती खाताभन्दा एक प्रतिशत बढी ब्याज दिने व्यवस्था कायम राखेका छन्। बैंकहरू मध्ये १४ ले ब्याजदर घटाएका, सिटिजन्स बैंकले बढाएको र बाँकीले स्थिर राखेका छन् ।