बुधबार, भाद्र ३ गते २०८३

शुक्रबार सुनकाे भाउ प्रतितोला दुई लाख ५८ हजार पुग्याे, एकै दिन सात हजारले बढ्याे


आश्विन ३१, २०८२ शुक्रबार
शुक्रबार सुनकाे भाउ प्रतितोला दुई लाख ५८ हजार पुग्याे, एकै दिन सात हजारले बढ्याे

 

सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपियाँले बढेर  तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले  सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपियाँ पुगेको जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ७५ रुपियाँले बढेर चाँदी तोलामा तीन हजार ३५० रुपियाँ कायम भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी तोलामा तीन हजार २७५ रुपियाँ कायम भएको थियो । 

एक महिनाकै अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४३ हजार रुपियाँले बढेको छ।