आइतबार, आश्विन १८ गते २०८३

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी युनियन पे कार्ड सेवा सुरु


आश्विन ३०, २०८२ बिहीबार
सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी युनियन पे कार्ड सेवा सुरु

 

काठमाडौँ, सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी – युनियन पे कार्डको सेवा शुरु गरेको छ ।   नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको युनियन पे कार्डको सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट सुरु गरेको हो । 

ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी – युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।