आइतबार, आश्विन १८ गते २०८३

बैंकहरूले सिएसआर रकम ‘जेन–जी’ आन्दोलन प्रभावितलाइ सहयोग गर्न पाउने


आश्विन २९, २०८२ बुधबार
बैंकहरूले सिएसआर रकम  ‘जेन–जी’ आन्दोलन प्रभावितलाइ सहयोग गर्न पाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गर्ने सामाजिक उत्तरदायित्व खर्च, सिएसआर, बारे नयाँ व्यवस्था गरेको छ। अब बैंकहरूले आफ्नो सिएसआर अन्तर्गतकाे रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते र सहिद परिवारका सहयोगमा प्रयोग गर्न पाउने भएका छन्।

राष्ट्र बैंकले यसका लागि ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ जारी गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।

यस मार्गदर्शन अनुसार —

  • बैंक तथा वित्तीय संस्थाले वार्षिक खुद नाफाको कम्तीमा १ प्रतिशत रकम सिएसआरमा खर्च गर्नैपर्ने बाध्यकारी व्यवस्था कायम छ।

  • अब यो रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका गरिब तथा विपन्न वर्गका नागरिकको उपचारमा प्रयोग गर्न सकिनेछ। तर त्यस्तो सहयोग सरकारी अस्पतालमार्फत मात्र र दोहोरो नपर्ने गरी गर्नुपर्नेछ।

  • त्यसैगरी, सहिदका परिवारका लागि आय आर्जन गर्न सहयोग पुग्ने गरी सीपमूलक तालिम प्रदान गर्ने संस्थालाई सहयोग रकम दिन सकिने व्यवस्था पनि गरिएको छ।