काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा हिजाे २०८२ असोज २७ केन्द्रीय कार्यालय नयाँ ठिमीमा पार्टी संयोजक क. लोकनारायण सुबेदीको अध्यक्षता र सन्चालनमा " आजको गम्भीर राष्ट्रिय संकट र सहि निकासको प्रश्न " बिषयक एक महत्वपूर्ण छ्लफल कार्यक्रम सम्पन्न भयो। देशका सम्पूर्ण ज्ञात अज्ञात महान शहीहरूप्रति सम्मान प्रकट गर्दै कार्यक्रमकाे शुरूवातमा एक मिनेट मौनधारण गरिएकाे थियाे ।

कार्यक्रममा उपस्थित सबैकाे परिचय पछि बिषय प्रबेश गर्दै छलफलमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. लोकनारायण सुबेदीले एक अवधारणा पत्र प्रस्तुत गर्नु भए पछि छलफल अगाडि बढेको थियो। अबधारणापत्रमा उहाले मूलत बर्तमान देशकाे अत्यन्तै संगीन स्थिति उत्पन्न हुनुकाे पछाडि साम्राज्यबाद परस्त सामन्ति तथा दलाल पूँजीवादी सत्तका आत्म सपर्पणबादी मनोबृत्ति र सँदिग्ध प्रबृत्ति तथा हस्तक्षेपकारी बाह्य शक्तिको निरन्तरको दख्खल हस्तक्षपका कारणले नेपालको अस्तित्व नै आज गम्भीर संकटमा परिसकेको यथार्थ शान्तपूर्ण न्यायिक जेन जी आन्दोलनमाथि भएको क्रूर अमानबीय दमन र त्यसको प्रतिरोधको बहानामा मच्चाइएको योजनाबद्ध अपूर्ब षडयन्त्रकारी बिध्वंशले बर्तमान गम्भीरतम संकटलार्इ उजागर गरेको औल्याउनु भएको थियो ।

छलफल कार्यक्रममा महत्वपूर्ण बिचार राख्ने क्रममा नेकपाका सचिवालय सद्स्यहरु क. नारायण शर्मा र क. शरणबिक्रम मल्ल, क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालका स्थायी कमिटी सद्स्य एवं राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालका संयोजक क.सन्तबहादुर नेपाली,नेकपा ( बहुमत) का महासचिव क. धर्मेन्द्र बास्तोला,जन प्रतिरोध आन्दोलनका नेता क.सङ्गीत श्रोता, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका क.राजकुमार हिम्वाङ्ग, ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका क.मुक्ति ,समाजवादी कम्युनिस्ट पार्टीका स्थाइ कमिटी सदस्य क. अशोक सुवेदी,कम्युनिस्ट समाजवादी पार्टी ,नेपालकि नेतृ क.शीलु न्यौपाने,नेकपाका संयोजक क. वसन्त बोगटी,स्वतन्त्र नागरिक अभियन्ता क. कुमार श्रेष्ठ ,नेकपा ( क्रान्तिकारी) का क.अरुण घिसिङ्ग,माओवादी पहिचान पार्टी का क. सि.बि.लामा,देशभक्त राष्ट्रिय मोर्चाका क. मोलम लामा, नेकपा सचिवालय सद्स्य एवं बुद्धिजीवी संघका इन्चार्ज क. महादीप पोख्रेल लगायत सबैले छलफलमा आफ्ना पार्टीका महत्वपूर्ण बिचार र धारणा राख्नु भएको थियो। छलफल कार्यक्रम जारी राख्न मूर्त निष्कर्श निकाल्न असोज २८ गते पनि नेतृत्वकाे थप संयुक्त बैठक नेकपा (बहुमत) को केन्द्रिय कार्यालयमा बस्ने निर्णय गर्दै याे छलफल कार्यक्रम बैठक समापन भएको थियाे ।
नेपालपत्र संवाददाता