नेपाली बजारमा सुन प्रतिताेला दुई लाख ४० हजार चार सय रुपैयाँमा काराेबार भएकाे। सुनचाँदीको मूल्य सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँ पुगेको हाे।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपालपत्र संवाददाता