बुधबार, भाद्र ३ गते २०८३

कुमारी बैंक र जीआईजेडबीच सहकार्य, विद्युतीय यातायातको पहुँच बढाउने


आश्विन २४, २०८२ शुक्रबार
कुमारी बैंक र जीआईजेडबीच सहकार्य, विद्युतीय यातायातको पहुँच बढाउने

 

कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहकार्य संस्था (जीआईजेड) बीच नेपालका लागि दिगो विद्युतीय यातायात विकास (सेट फर नेपाल) परियोजनाअन्तर्गत सम्झौतामा हस्ताक्षर भएको छ । 

यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सेटफर नेपाल परियोजना जीआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्च्यिूटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो। 


यो परियोजना अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्र ९एमएएफ० को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यस कार्यक्रमले करिब ३ हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्‍याउनेछ ।