पछिल्ला दिनहरुमा केही अनाधिकृत व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाममा ग्राहकहरूलाई फोन गरी व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा बताई आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना प्राप्त हुन आएकाले यसतर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसै सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै पनि कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ईबैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने बैंकले जनाएको छ ।
तसर्थ ग्राहकहरूलाई अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न अनुरोध गरेको छ । यदि कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाईएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ ।
नेपालपत्र संवाददाता