नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दै ११ दिनका लागि बोलकबोल आव्हान गरेको छ।
बैंकले आज असोज २२ गते मध्यान्ह ३ बजेभित्र इलेक्ट्रोनिक प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको छ। निक्षेपको साँवा तथा ब्याज भुक्तानी मिति कात्तिक २ गते तोकिएको छ। ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। न्यूनतम बोल रकम रु १० करोड तोकिएको छ भने यो उपकरण नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। बैंकले बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
वित्तीय बारमा अधिक तरलता भएको अवस्थाम विभिन्न मौद्रिक उपकरण प्रयोग गरी केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्ने गरेको छ ।
नेपालपत्र संवाददाता