प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरू धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसनको आग्रहमा सर्वोच्च बार परिसरमा उनीहरुले धर्ना दिइरहेका हुन् ।
बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै तिहारअघिबाट पहिलो चरणको धर्ना कार्यक्रम घोषणा गरेको थियो।
बारले प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन भएको भन्दै दोस्रो चरणको आन्दोलनको तयारी गरिरहेको जनाएको छ । दोस्रो चरणमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीका साथ त्यसको स्वरुप बारे देशभरका इकाइसँग छलफल भइरहेको बारले जानकारी दिएको छ।