काठमाडाैं। नेपाली बजारमा सोमबार सुनको मूल्यले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले बढ्दै दुई लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ।
आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै दुई दिनमै सुनको मूल्यमा ७ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढ्दै दुई हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपालपत्र संवाददाता