बुधबार, भाद्र ३ गते २०८३

अविरल वर्षाले देशभर १८ जलविद्युतमा क्षति, १०५ मेगावाट उत्पादन अवरूद्ध


आश्विन २०, २०८२ सोमबार
अविरल वर्षाले देशभर १८ जलविद्युतमा क्षति, १०५ मेगावाट उत्पादन अवरूद्ध

 

काठमाडाैं । निरन्तर वर्षाका कारण देशभरका १८ जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार शुक्रबारदेखि परेको अविरल वर्षाले २०२.९६ मेगावाट क्षमताका आयोजनामा असर पुर्‍याएको हो।

जसमध्ये १३ सञ्चालनमा रहेका १०५.४ मेगावाटका जलविद्युत आयोजनामा उत्पादन बन्द भएको छ भने ९३ मेगावाट क्षमताका ५ निर्माणाधीन आयोजना क्षतिग्रस्त भएका छन्।

उत्पादन बन्द भएका प्रमुख आयोजनामा हिमाल दोलखा हाइड्रो (४.५ र ८ मेगावाट), सानिमा माइ (२२ र ७ मेगावाट), सुपरमाइ (७.८ मेगावाट), सगरमाथा (९.६ मेगावाट), माइखोला (३ मेगावाट), सानभी इनर्जी (७.६ र ५.२ मेगावाट), एसिएन (६.२ मेगावाट), सामलिङ पावर (९.५ मेगावाट), पञ्चकन्या माइ (९.९ मेगावाट) र माइ भ्याली (५.१ मेगावाट) रहेका छन्।

इप्पानका अनुसार अधिकांश आयोजनाका हेडबक्स, इन्टेक, पावरहाउस, सबस्टेसन र प्रसारण लाइनमा क्षति पुगेको छ। निर्माणाधीन परियोजनामध्ये अर्बिट इनर्जी (२१.५ मेगावाट), ह्याबिटाट पावर (९.९ मेगावाट), सिद्धि हाइड्रो (१० मेगावाट), ब्रम्हायणी हाइड्रो (३६.५१ मेगावाट) र इन्टिग्रेटेड हाइड्रो फण्ड (१५.१५ मेगावाट) मा सडक, पहुँचमार्ग र निर्माण सामाग्री बग्दा निर्माण ढिलाइ हुने भएको छ।

क्षति मूल्यांकन जारी रहेको र विद्युत् आपूर्तिमा थप असर पर्न सक्ने इप्पानले जनाएको छ।