बुधबार, भाद्र ३ गते २०८३

महालक्ष्मी विकास बैंकले ल्यायाे ‘नव उद्यम कर्जा’


आश्विन ९, २०८२ बिहीबार
महालक्ष्मी विकास बैंकले ल्यायाे ‘नव उद्यम कर्जा’

काठमाण्डाै । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उद्यमशील बनाउने उद्देश्यसहित “नव उद्यम कर्जा” सञ्चालनमा ल्याएको छ।

विदेशबाट फर्केर व्यवसाय सुरु गर्ने सीप, अनुभव र केही बचत भए पनि पर्याप्त लगानी नहुँदा अवसर गुमाइरहेका व्यक्तिहरुलाई सहयोग गर्ने हेतुले यो योजना ल्याइएको बैंकले जनाएको छ। यसअन्तर्गत कृषि, व्यापार, सेवा र उत्पादनजस्ता क्षेत्रमा व्यवसाय सुरु वा विस्तार गर्न सकिनेछ।

यो कर्जा योजनाअन्तर्गत न्यूनतम १० लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म उपलब्ध हुनेछ। भुक्तानी अवधि २ वर्षदेखि १५ वर्षसम्म रहनेछ। प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध हुने यो योजना युवालाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न र विप्रेषणको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन मद्दत गर्ने बैंकको विश्वास छ।

साथै नेपालमै रहेका अन्य व्यक्तिले पनि साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन वा विस्तारका लागि यो सुविधा लिन सक्नेछन्।