आइतबार, आश्विन १८ गते २०८३

क्षतिग्रस्त संरचना बनाउन सरकारद्वारा ‘पुनर्निर्माण कोष’ स्थापना,योगदान गर्न सबैलाई आग्रह


आश्विन ९, २०८२ बिहीबार
क्षतिग्रस्त संरचना बनाउन सरकारद्वारा ‘पुनर्निर्माण कोष’ स्थापना,योगदान गर्न सबैलाई आग्रह

 जेन जी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि  सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार कोष स्थापना गरेको अर्थ मन्त्रालयले जानकारी गराएको छ । 

मन्त्रालयका अनुसार भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो । मन्त्रालयले कोषमा संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तह,निजी क्षेत्र,स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । 

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन खर्च कट्टी गर्न पाइने जनाएको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलेको छ ।