बुधबार, भाद्र ३ गते २०८३

राष्ट्रपति पौडेलले जारी गरे मतदाता नामावली संशोधन अध्यादेश


आश्विन ८, २०८२ बुधबार
राष्ट्रपति पौडेलले जारी गरे  मतदाता नामावली संशोधन अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११४ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयबाट बुधबार जारी विज्ञप्तिअनुसार अध्यादेश २०७९ साल असोज ८ गते (२०८२/०६/०८) जारी गरिएको हो।

उक्त अध्यादेश आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राखी ल्याइएको जनाइएको छ। अध्यादेशमार्फत मतदाता नामावलीसम्बन्धी प्रावधानमा आवश्यक संशोधन गरी निर्वाचन प्रक्रिया सहज बनाउन सरकारको तयारी रहेको छ।

संविधानको धारा ११४ को उपधारा १ अनुसार संघीय संसद्‌को अधिवेशन नचलेको अवस्थामा राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले उक्त अध्यादेश जारी गरिएको जानकारी विज्ञप्तिमार्फत दिएका हुन्।