शुक्रबार, कार्तिक ७ गते २०८३

सिटिजन्स क्यापिटलको साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित


आश्विन २, २०८२ बिहीबार
सिटिजन्स क्यापिटलको साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित

 सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १९ औं साधारण सभाले आव २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । 

साथै,आव २०८२/८३ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष   राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।