हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डौं महानगरपालिका वडा नं ०२, बालुवाटारमा लगेको छ । आजबाट बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको बैंकले जनाएको छ ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका थिए । हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम ८ हजार भन्दा बढी पिओस टर्मिनलस् र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।
नेपालपत्र संवाददाता