आइतबार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजीको आन्दोलनका शहीद घाेषणा


भाद्र २९, २०८२ आइतबार
प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजीको आन्दोलनका शहीद घाेषणा

काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रम कार्कीले जेनजीको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको बताइन् । साथै सरकारले  प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ। भाद्र २३ र २४ गते युवा पुस्ताले गरेकाे आन्दोलनले माग अनुसार राष्ट्रपति रामचन्द्र पाैडेलले २०८२ भाद्र २७ गते कार्कीलाइ प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। 

मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । त्यसैगरी १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।