आइतबार, आश्विन १८ गते २०८३

दशैंका लागि सुकिला नोट वितरण सुरु


भाद्र २९, २०८२ आइतबार
दशैंका लागि सुकिला नोट वितरण सुरु

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी भदौ २९ आइतबार देखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न सुरु गरेको छ। राजनीतिक सङ्क्रमणका कारण अन्योल भए पनि राष्ट्र बैंक तथा बैंकहरूमा ठूलो क्षति नभएकाले तोकिएको मितिदेखि नै वितरण सुरु भएको हो।

साना दरका नोट सटहीका लागि थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरूबाट सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ। साथै, वाणिज्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि सुकिला नोट लिन सकिनेछ। पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट छाप्ने खर्च न्यून गर्न अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्ने अभ्यास सुरु गरिएको हो। यसबाट वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ।