राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । आन्दोलनरत जेन–जी पक्षले वार्ताका क्रममा संसद विघटन न्यूनतम शर्त भएको र सो नभई सरकारको नेतृत्व लिन नसक्ने अडान राखेपछि राष्ट्रपति पौडेल प्रतिनिधि सभा भंग गर्न तयार भएका हुन् । संसदभित्रैबाट समाधान खाेज्नुपर्ने धारणा रहेका राष्ट्रपति पौडेलले शुक्रबार दिनभर विभिन्न पक्षसँग परामर्श गरेका थिए ।
दिनभरको परामर्शपछि राष्ट्रपतिले साँझदेखि कार्कीलाई निर्णायक वार्ताका लागि शीतल निवास बोलाइएको थियो । उक्त वार्तामा ओमप्रकाश अर्याल र रमण कर्ण अनि जेन–जीका तर्फबाट सुदन गुरुङ शीतल निवास पुगेका थिए ।
नेपालपत्र संवाददाता