शुक्रबार, कार्तिक ७ गते २०८३

सीमित कर्मचारीबाट बैकिङ्ग सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह


भाद्र २६, २०८२ बिहीबार
सीमित कर्मचारीबाट बैकिङ्ग सेवा  सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

 नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सिमित कर्मचारीबाट सञ्चालन गर्न र अरुलाई घरबाटै काम गर्न आग्रह गरेको छ । बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा दिन आग्रह गरेको छ ।


नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको मिति भदौं २५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न पनि राष्ट्र बैंकले एक सूचना जारी गरेर जानकारी दिएको छ ।

अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस अर्थात घरबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा गर्न आग्रह गरेको छ । सन्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेवसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुहुन पनि राष्ट्र बैंकले एक सूचना मार्फत आग्रह गरेको छ ।