आइतबार, आश्विन १८ गते २०८३

काठमाण्डाैकाे प्रदर्शनमा राज्यद्वारा नृशंस दमन, १४ जनाकाे ज्यान गयाे


भाद्र २३, २०८२ सोमबार
काठमाण्डाैकाे प्रदर्शनमा राज्यद्वारा नृशंस दमन, १४ जनाकाे ज्यान गयाे

जेन–जी पुस्ताले आव्हान गरेको प्रदर्शनका क्रममा राज्य नृशंस बनेको छ। प्रहरीको गोली लागेर काठमाण्डौमा मात्रै १४ जनाको मृत्यु भएको छ । 
 
भ्रष्टाचार विरूद्ध एवं सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।