जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय–शीतल निवास र सिंहदरबार क्षेत्र आसपास समेत कर्फ्यु आदेश जारी गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्र वरपर जारी गरेको कर्फ्यु आदेशको दायरा बढाइएको हो । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
काठमाण्डाैको माइतीघर मण्डलाबाट शुरू भएकाे जेन–जी पुस्ताको प्रदर्शनकाे क्रममा केही प्रदर्शनकारी नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेपछि झडप भएकाे थियाे ।

नेपालपत्र संवाददाता