जेन–जी पुस्ताका युवाकाे प्रदर्शनपछि काठमाण्डाैमा कर्फ्यु जारी गरिएकाे छ। काठमाण्डाैका प्रमुख जिल्ला अधिकारीले नयाँ बानेश्वर वरपरका क्षेत्रमा साेमबार बेलुकी १० बजेसम्मका लागि कर्फ्यु जारी गरेकाे हाे । केहि प्रदर्शनकारी प्रहरीकाे घेरा ताेडी अन्तराष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रवेश गरेपछि प्रहरीले लाठीचार्ज गर्नुकासाथै अश्रुग्याँस तथा पानीकाे फाेहाेरा प्रहार गरेकाे थियाे ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो।
नयाँ बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ।
जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध काठमाडौं, पोखरा, बुटवल, चितवन, जनकपुर, नेपालगञ्ज विराटनगरलगायत सहरमा सोमबार प्रदर्शन गरेका छन्।

नेपालपत्र संवाददाता