आइतबार, आश्विन १८ गते २०८३

सुनको भाउ उकाले लागेको लाग्यै, २ लाख १२ हजार प्रतितोलामा कारोबार


भाद्र २२, २०८२ आइतबार
सुनको भाउ उकाले लागेको लाग्यै, २ लाख १२ हजार प्रतितोलामा कारोबार

 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख १२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबारको तुलनामा आज सुन तोलामा १ हजार ६०० ले बढेको हो।

चाँदीको मूल्य पनि आज बढेर प्रति तोला २ हजार ५०० रुपैयाँ पुगेको छ, जुन गत शुक्रबारको तुलनामा तोलामा १० रुपैयाँ वृद्धि हो। यसअघि गत बुधबार सुन २ लाख ७ हजार ९०० रुपैयाँ र चाँदी २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।