आइतबार, आश्विन १८ गते २०८३

नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब उठाउँदै


भाद्र २२, २०८२ आइतबार
नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब उठाउँदै

 

नेपाल राष्ट्र बैंकले आज भदौ २२ गते रु. २५ अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ। बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै २१ दिन अवधिका लागि बोलकबोलमार्फत निक्षेप आव्हान गरेको हो । 

बैंकका अनुसार उक्त उपकरणको बोलकबोल भदौ २२ गते दिउँसो ३ बजेसम्म इलेक्ट्रोनिक प्लेटफर्ममार्फत गरिनेछ । निक्षेप संकलनको ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने व्यवस्था गरिएको छ ।

यस उपकरणमा न्यूनतम रु. १० करोडदेखि अधिकतम रु। ५ करोडको गुणकमा रकम प्रस्ताव गर्न सकिने छ । कुल आह्वान रकम रु २५ अर्बसम्मका बोलकबोल स्वीकार गरिने बैंकले जनाएको छ । निक्षेपको साँवा तथा ब्याज रकम आगामी २०८२ असोज १२ गते भुक्तानी हुनेछ ।