आइतबार, आश्विन १८ गते २०८३

एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट


भाद्र १९, २०८२ बिहीबार
एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

 

काठमाडौं। एन आई सी एशिया बैंकका ग्राहकले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। बैंक र होटलबीच भएको सम्झौता अनुसार, ग्राहकले डिजिटल भुक्तानीमार्फत सेवाको मूल्य तिर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यसका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। छुट सुविधा होटलका सबै सेवामा लागू हुनेछ। 

बैंकले यो सहकार्यलाई ग्राहकप्रति विशेष सम्मानको रूपमा लिएको छ। साथै, यस पहलले डिजिटल भुक्तानी सेवाको प्रयोग बढाउन र मुलुकलाई नगदरहित कारोबारतर्फ उन्मुख गराउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।