काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक साझेदारी सम्झौता भएको छ। स्वास्थ्य व्यवसायीसँगको सहकार्यमार्फत बैंकले आफ्ना सेवामा थप पहुँच र सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्कीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, एसोसिएसनका सम्पूर्ण सदस्यहरूले बैंकका २७५ शाखाबाट प्रोफेसनल बचत खाता खोल्न पाउने व्यवस्था गरिएको छ। यस खातामा जोडिने सदस्यलाई रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुनेछ। साथै, व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा, डेबिट–क्रेडिट कार्ड र मोबाइल बैंकिङमा पनि विशेष सुविधा प्राप्त हुने भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सम्झौताबाट मेडिकल क्षेत्रसँगको सहकार्य अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै, “यसबाट नेपाल मेडिकल एसोसिएसनका सदस्यले प्रत्यक्ष लाभ लिनेछन्,” भनेका छन्।
नेपालपत्र संवाददाता